११ साउन २०८३, सोमबार

क्रिकेट : अस्ट्रेलियासँग वेस्ट इन्डिजको लज्जास्पद पराजय

मंसिर २५, २०७९
क्रिकेट : अस्ट्रेलियासँग वेस्ट इन्डिजको लज्जास्पद पराजय

अस्ट्रेलिया भ्रमणमा रहेको वेस्ट इन्डिजले शृंखलाको दोस्रो टेस्टमा ४१९ रनको विशाल पराजय बेहोरेको छ । 

आइतवार सम्पन्न टेस्टको चौथो इनिङमा वेस्ट इन्डिज जम्मा ७७ रनमा अलआउट भएपछि अस्ट्रेलियाले विशाल जीत हासिल गरेको हो । 

टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले पहिलो इनिङमा सात विकेटको क्षतिमा ५११ रन बनाएको थियो । उसका लागि ट्राभिस हेडले १७५ र मार्नस लाबुशांगेले १६३ रनको योगदान गरेका थिए । उनीहरूबीच चौथो विकेटका लागि २९७ रनको साझेदारी भएको थियो । 

जवाफमा ब्याटिङ गरेको वेस्ट इन्डिज जम्मा २१४ रनमा अलआउट भएको थियो । उसका लागि तागेनारिन चन्दरपलले सर्वाधिक ४७ रन बनाएका थिए । 

फलोअन गराउने रन अन्तर भए पनि अस्ट्रेलियाले आफ्ना बलरहरूलाई आराम दिलाउनका लागि पुनः ब्याटिङ गरेको थियो । आफ्नो दोस्रो इनिङमा अस्ट्रेलियाले ३१ ओभर खेलेर ६ विकेटको क्षतिमा १९९ रन बनायो । 

अस्ट्रेलियाका लागि उस्मान खवाजाले सर्वाधिक ४५ रनको योगदान गरे । 

जीतका लागि लगभग ५०० रनको असम्भव लक्ष्य पछ्याएको वेस्ट इन्डिज कहिले पनि सहज रूपमा खेल्नै सकेन । अस्ट्रेलियाली बलरहरू मिचेल स्टार्क, माइकल नेसर र स्कट बोल्यान्डले तीन–तीन विकेट लिएर वेस्ट इन्डिजका ब्याट्स्म्यानहरूलाई खुलेर खेल्न दिएनन् । 

दुई टेस्टको यस शृंखलाका दुवै खेल जितेर अस्ट्रेलियाले क्लीन स्वीप गरेको छ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्