सनिगाड हाइड्रो लिमिटेडको साधारण सेयर निष्काशन गरिने भएको छ । ६७ लाख ५० हजार कित्ता सेयर निष्काशनका लागि सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सन्राइजको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।
जारी पूँजी रु.२ करोड २५ लाख रहेको सनिगाड हाइड्रोकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको बझाङमा रहेको आयोजनाको निर्माण कार्य सम्पन्न भई केही साता भित्र विद्युत उत्पादन हुने जनाइएको छ ।