२९ असार २०८३, सोमबार

ठगी र किर्ते गरेको अभियोगमा आठ पक्राउ

मंसिर २६, २०७९
ठगी र किर्ते गरेको अभियोगमा आठ पक्राउ
फाइल तस्बिर

काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गर्ने गरेको अभियोगमा आठ जना व्यक्ति पक्राउ परेका छन । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौंं भन्दै उनीहरुले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा पूर्वी नवलपरासीका मिनबहादुर विश्वकर्मा, अछामकी सागरजंग लुहार र दुधकला विश्वकर्मा, पाँचथरकी सिर्जना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, नुवाकोटकी अञ्जना तामाङ तथा कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् । उनीहरुको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटरप्याड, नगद रसिदसहित ५ लाख ८ हजार ६४० रुपियाँ बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताए । 

उनीहरुमाथि प्रहरीले ठगी र किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ । अहिले पीडितहरुको उजुरी लिने काम भइरहेको बोहराको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्