२४ असार २०८३, बुधबार

खाल्डोमा पुरिएको अवस्थामा महिलाको शव फेला

मंसिर २६, २०७९
खाल्डोमा पुरिएको अवस्थामा महिलाको शव फेला

मकवानपुरमा एक महिलाको शव फेला परेको छ ।   इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा सोही स्थानकी ३६ वर्षीय सरस्वती वाइबाको शव फेला परेको हो । 

शुक्रबार वाइबाका श्रीमान् वीरबहादुरले श्रीमती हराएको भनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खोजी गरिदिन भन्दै फोटोसहित निवेदन दिएका थिए ।

वीरबहादुर वाइबाले आफैँले खोज्ने क्रममा शनिबार साँझ श्रीमतीको शव खाल्डोमा पुरिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । अनुहार र कपडाको केही भागमात्र देखिने गरी खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको जनाइएको छ।  
 मकवानपुरका एसपी वामदेव गौतमले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्