१६ असार २०८३, मंगलबार
सवारी दुर्घटना

जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

मंसिर २६, २०७९
जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

जाजरकोटको छेडागाड नगरपालिकामा सोमवार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 


घटनास्थलमा सूचना अधिकारी प्रहरी निरीक्षक नविन सुडालीको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्