२८ जेठ २०८३, बिहीबार

सीमामा तनाव : घाइते ६ भारतीय सैनिकको गुवाहाटीमा उपचार हुँदै

मंसिर २६, २०७९
सीमामा तनाव : घाइते ६ भारतीय सैनिकको गुवाहाटीमा उपचार हुँदै

भारतको अरुणाचल प्रदेशको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा  भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा घाइते भएका ६ भारतीय सैनिकको गुवाहाटीको अस्पतालमा उपचार भइरहेको छ । तवांग क्षेत्रमा दुई दिनअघि भएको उक्त झडपमा दुबैतर्फका सैनिक घाइते भएका छन् । 

न्युज एजेन्सी एएनआईका अनुसार भारतीय सेनाले आफ्नो भूमिमा चिनियाँ घूसपैठको कडा जवाफ दिएको उल्लेख गरेको छ । समाचारमा भारतीय सेनाको तुलनामा चिनियाँ सेनामा बढी क्षति भएको पनि दाबी गरिएको छ । 
मिडियो रिपाट्सका अनुसार १७ हजार फिटको उपचाइमा झडप भएको हो । भारतीय भूमिमा ३०० चिनियाँ सैनिक घूसपैठको प्रयास भएपछि सो झडप हुन पुगेका दाबी गरिएको छ । 

घटनापछि कमाण्डरस्तरमा कुराकानी भएको छ भने दुबै पक्षका जवान विवादित क्षेत्रबाट पछि हटेका छन् । यो क्षेत्रमा दुबै देशले आफ्नो भूमि दाबी गर्दै आएका छन् । जुन विवाद सन् २००६ देखि नै जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्