१२ असार २०८३, शुक्रबार

बाढी पहिरोका घटनाले पूर्वराजा ज्ञानेन्द्र दुखी

कात्तिक २०, २०७४
बाढी पहिरोका घटनाले पूर्वराजा ज्ञानेन्द्र दुखी

काठमाडौं, ३० साउन– गत शुक्रबारदेखिको अविरल वर्षासँगै देशभर बाढी र पहिरोमा परी जनधनको क्षति भएको घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रका सहयोगी डा. फणि पाठकद्वारा जारी विज्ञप्तीमा बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले गरेको जनधनको क्षतिप्रति पूर्वराजाद्वारा दुःख व्यक्त गरिएको उल्लेख छ ।

साथै विपतको यस घडीमा बाढी र पहिरो प्रभावित क्षेत्रका जनलाई उद्दार गर्ने तथा राहत वितरण गराउने कार्यमा सम्बन्धित पक्षले तदारुकता जनाउने पूर्वराजाले विश्वास लिएका छन् । साथै प्रकोप नियन्त्रणका लागि आवश्यक पहले हुने पनि उनको विश्वास छ ।

दुःखको यस घडिमा धैर्य र साहसका साथ विपत्तीको सामना गर्ने शक्तिका लागि पूर्वराजा ज्ञानेन्द्रले ‘ईश्वर’सँग प्रार्थना समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्