राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले गम्भीर अपराधिक घटनाका अभियुक्तहरुलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेको छ । सो दलले सोमबार विज्ञप्ति मार्फत त्यसको विरोध गरेको हो ।
प्रवक्ता वसन्तमानसिंह अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर अपराधिक घटनाका अभियुक्तहरुलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक छ । लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न राप्रपा नेपाल माग गर्दछ ।”
