
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । यस्तै एलपी ग्यास र हवाइ इन्धनको खुद्रा मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय आयल कर्पोरेशनबाट शुक्रबार केही मूल्य घटेर आएसँगै आन्तरिक बजारमा पनि नयाँ मूल्य कायम गरिएको निगमको भनाइ छ । निगमका अनुसार अब पेट्रोलको १७८, डिजेलको र मट्टितेलको १७५ रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ ।
