२१ असार २०८३, आइतबार

महासंघलाई जग्गा उपलब्ध गराउने नगरप्रमुखको प्रतिबद्धता

महासंघलाई जग्गा उपलब्ध गराउने नगरप्रमुखको प्रतिबद्धता

लहान नगरपालिकाले नेपाल पत्रकार महासंघ सिरहा शाखाका लागि १० धुर जग्गा उपलब्ध गराउने भएको छ । महासंघ सिरहा शाखाको १३औँ साधारणसभामा नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले महासंघको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

देश र समाज विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने पत्रकारिता क्षेत्रका लागि आफूले कानूनीरुपमा सबै सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै प्रमुख चौधरीले समाजको महत्वपूर्ण क्षेत्र पत्रकारिता जनताको पक्षमा हुनुपर्ने बताए । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य ललिता साह र महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले महासंघको भवन निर्माणका लागि आवश्यक सहयोग गर्न आग्रह गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्