
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् । ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको बताइएको छ ।
भेटका क्रममा एकअर्कामा बधाई साटासाटका साथै आगामी दिनमा गर्न सकिने राजनीतिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।