×

NMB BANK
NIC ASIA

निरीक्षणमा पुगेका मन्त्रीले बनाए बाढी पीडितलाई निराश, धुर्मुसले दिलाए खुशी

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम, ३० साउन— बिहिबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले महोत्तरीमा हालसम्म तीनजनाको ज्यान लिएको छ ।20170813_174601

घरको आंगनमा बाढीको पानी पसेर ईटाहरु वगाउन थालेपछि सो निकाल्ने क्रममा जलेश्वर २ खैराचोकका १५ वर्षीया विक्की ठाकुरको आइतवार मृत्यु भएको थियो । त्यस्तै आइतबार देखिनै बाढीमा वेपत्ता भएका धनुषा घर भई जलेश्वर ८ बजराहीमा छोरीको घरमा बस्दै आएका ६५ वर्षीय शिव महराको शव सोमवार फेला परेको छ भने माछा मार्ने क्रममा वाढीले बगाएको लोहारपटटी १ का ईन्दल महराको शव समेत सोमवार फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनले हालसम्म तीनजनाको मृत्यु भएको पुष्टि गर्दै तीनसय ४७ जनाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको र ३१ सय भन्दा वढी घर डुवानमा रहेको बताए ।

आइतवारदेखि नै पानी पर्न केहि कम भएपछि सोमबारदेखि बाढीको प्रभाव कम हुने क्रममा रहेको भएपनि प्रभावितहरु राहतको पर्खाइमा रहेको छ । पीडितले सरकारी तबरबाट कुनै राहत उपलब्ध हुन नसकेका गुनासो गरेका छन् ।

मन्त्रीले बनाए निराश
राहतको आशमा बसेका पीडितलाई आफ्नै जिल्लाका मन्त्रीले थप पीडा दिएका छन । शिक्षामन्त्री गिरीराजमणि पोखरेलको हेलिकप्टर सदरमुकाम जलेश्वरको आकाशमा घुमिरहदा राहत आएको आश सहित पीडित हेलिकप्टर अवतरणको स्थानसम्म पुगेका थिए । तर, त्यहाँ मन्त्रीले कुनै राहत लगेका थिएनन् बरु आश्वासनको पुलिन्दा बाँड्दै फर्किए । मन्त्रीले आश्वासन बाँडेर फर्किएसँगै आफूहरु खिन्न भएर फर्किनु परेको एक पीडितले बताए ।mantri visit mahottari

सदरमुकामका अधिकांश भाग डुवानमा रहेको वेला महोत्तरीकै निर्वाचत सांसद समेत रहेका पोखरेल जलेश्वर स्थित अल्हेव्स स्कुल प्रांगणमा हेलिकप्टरबाट अवतरण गरेका थिए । मन्त्री पोखरेल महेन्द्र आदर्श महिला मा.वि.मा सेल्टर गरि वसेका वाढी पिडितको अवस्था बुझ्दै सहयोग गर्ने आश्वासन दिएर काठमाडौं फर्किएका थिए ।

मन्त्री आउने र अस्पताल समेत निरिक्षण गर्ने आशमा मन्त्रीलाई भेट्न पुगेका जलेश्वर अस्पतालका स्वास्थ्यकर्मीहरु समेत मन्त्री अस्पताल नजाने भनेपछि निराश भएर फर्केका थिए ।

धुर्मुसले गरे सहयोग
मन्त्री आश्वासन बाँडेर हिँडेपनि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस भने राहत वितरणमा पुगे । आईतवार महोत्तरीको भंगहा गाउँमा उनले राहत वितरण गरेका हुन् ।

महोत्तरीको बर्दिवासमै एकिकृत नमुना मुहसह वस्ती निर्माण गरेका धुर्मुसले मधेशको पीडा बुझेर सकेको राहत सामग्री बाँडेकोमा स्थानीयहरुले प्रसन्नता व्यक्त गरेका छन्

यस्तै धुर्मुसले जनकपुरका बाढी प्रभावित ८० घरपरिवारलाई पनि  राहत वितरण गरेका छन् ।

जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा सोमबार बिहान उनले राहत वितरण गरेका हुन् ।

उनले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानी लगायतको खाद्यान्न समग्री वितरण गरेका हुन् ।

राहत बाँड्दै धुर्मुसले विपदको समयमा सहयोगी मनहरुले बाढी प्रभावितलाई सहयोग गर्नुपर्ने बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x