भारतकी सरगम कौशलले मिसेज वर्ल्ड २०२२ को उपाधि जितेकी छन् । अमेरिकाको लस वेगममा आयोजित प्रतियोगितामा उनले ६३ देशका सुन्दरीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
भारतले यो उपाधि २१ वर्षपछि प्राप्त गरेको समाचारमा जनाइएको छ । यसअघि सन् २००१ मा भारतकी अदिति गोवित्रिकरले यस उपाधि जितेकी थिइन् ।
सरगम कौशल जम्मू–कश्मीरकी हुन् । सरगम पेशाले शिक्षक हुन् भने उनले साहित्यमा पीजी गरेकी छन् । उनका श्रीमान भारतीय नेवीमा रहेको समाचारमा जनाइएको छ ।