३० जेठ २०८३, शनिबार

राप्रपा सांसदहरूलाई लिङदेनको सम्बोधन : सरकारमा नजाने कसम खाएका छैनौँ, तर हतारो पनि छैन

राप्रपा सांसदहरूलाई लिङदेनको सम्बोधन : सरकारमा नजाने कसम खाएका छैनौँ, तर हतारो पनि छैन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरूलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् । 

अध्यक्ष लिङदेनले आफूहरूले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरू स्थापित हुन्छन् सोही गर्ने बताए । उनले आफूहरू मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारे । उनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए ।  सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उनले उल्लेख गरे । 

‘सरकार निर्माणको प्रक्रिया शुरु भएको छ । राष्ट्रपतिबाट आहह्वान भएको छ । हामी बैठक बसेर आधिकारिक धारणा पनि बनाउँछौँ । कोही पनि हाम्रो साथीहरूले आत्तिनुपर्दैन । नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि यो चिन्ता लिनुपर्दैन । हामी सोची, विचारी निर्णय गर्छौ । अहिले न हामीलाई सरकारमा जान हतारो छ । न सरकारमा नजाने भनेर हामीले कसम खाएरै आएका छौँ । के गर्दा उपयुक्त हुन्छ । के गर्दा हाम्रो मान्यताहरू स्थापित हुन सक्छन् । के गर्दा देश र जनताको अवस्थामा परिवर्तन ल्याउन सकिन्छ । त्यो सोचेर, विचार गरेर हामी निर्णय गर्छौँ’, अध्यक्ष लिङदेनले भने, ‘हामी मन्त्री खानको लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ । हामीले सरकारमा गएर, नगएर पनि अरु कसैलाई समर्थन गर्नुपर्‍यो भने कारणसहित गर्छौं । कारणसहित जान्छौँ । त्यसमा तपाईहरू सबै ढुक्क रहन आग्रह गर्छु ।’

salt training

कमेन्ट गर्नुहोस्