२२ असार २०८३, सोमबार

राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का आवासीय राजदूत तथा संयुक्त गणतन्त्र ताञ्जानिया र गणतन्त्र सर्वियाका गैरआवसीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलवार आयोजित छुट्टाछुट्टै समारोहमा संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला शइद मुवारक जरवान अलसामसी, ताञ्जानियाका राजदूत अनिसा कापुफी एमबेगा र सर्वियाका राजदूत सिनिसा पाभिकले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्