२८ असार २०८३, आइतबार

माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड शिक्षण अस्पतालमा

माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड शिक्षण अस्पतालमा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाललाई भेट्न बुधवार दिउँसो देउवा र प्रचण्ड गएका हुन् । नेपाल गत मंगलवार रुघाखोजी, ज्वरो र  छातिमा संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । 

देउवा र प्रचण्डले नेपालको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिनुका साथै समसामायिक राजनीतिका विषयमा समेत छलफल गरेको बताइएको छ । विशेषगरी गठबन्धनलाई कायम राख्ने र नयाँ सरकार गठन गर्नेलगायत विषयमा तीन नेताबीच छलफल भएको बताइएको छ । राष्ट्रपतिले पुस १० गतेभित्र बहुमतको सरकार गर्न आह्वान गरीसकेकी छन् । सत्ता गठबन्धनभित्र सहमति हुन नसक्दा अझै समझदारी बन्न सकेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्