२४ असार २०८३, बुधबार

झलनाथ खनाल र प्रभु शाहबीच भेटवार्ता

झलनाथ खनाल र प्रभु शाहबीच भेटवार्ता

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र स्वतन्त्र सांसद प्रभु शाहबीच भेटवार्ता भएको छ । शाहले खनाललाई निवासमै गएर भेटेका हुन् । 

नेता खनालको निवास डल्लुमा भएको भेटवार्तामा दुई नेताबीच समसामयिक राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ । 

नेकपा एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिई प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाहले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । यसअघि उनले राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटघाट गरिसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्