
प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा सांसदहरूले ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सांसदहरूले नेपाली भाषासँगै १४ मातृभाषामा शपथ लिएका हुन् ।

ज्येष्ठ सदस्य जबराले नेपालीमै शपथको व्यहोरा पढे पनि सांसदहरूले आ-आफ्नो मातृभाषामा उल्था गरी शपथ लिएका थिए ।