
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले आजको आवश्यकता भनेको सुशासन र भ्रष्टाचार मुक्त समाजको खोजी नै सांसद शपथ ग्रहणको प्रतिवद्धता भएको बताएका छन् । हिजो सांसद पदको शपथपछि राति सामाजिक सञ्जाल ट्वीटमा लेख्दै उनले त्यसो भनेका हुन् ।
उनले लेखेका छन्, “संविधानतः देशको राजकीय तथा सार्वभौमसत्ता जनतामा निहीत छ । यसको आधिकारिक संस्था प्रतिनिधिसभा हो । सांसदहरुको सशक्तिकरण र प्रभावकारिता जरुरी छ ।
सरकारको असल काममा सहयोग, गलत कामविरुद्ध सशक्त दवाव, विधिहिनताको अन्त्यका लागि आफू लाग्ने उहाँको भनाइ छ ।