३० जेठ २०८३, शनिबार

आर्कटिक ब्लास्टका कारण अमेरिकीहरूको जीवन कष्टकर

पुस ८, २०७९
आर्कटिक ब्लास्टका कारण अमेरिकीहरूको जीवन कष्टकर

अमेरिकामा उत्तरी ध्रुव आर्कटिकबाट आएका हिउँमिश्रित हावाका कारण जीवन कष्टकर भइरहेको छ । 

असाध्यै चिसो हावाका कारण अमेरिकाका कतिपय क्षेत्रमा तापक्रम माइन ४० डिग्री सेल्सियससम्म झरेको छ । क्रिसमससम्ममा अमेरिकाका अधिकांश भागको तापक्रम निकै घट्ने बताइएको छ । 

आर्कटिक ब्लास्टका कारण २४ सयवटा उडानहरू रद्द गरिएका छन् । मौसम विभागले भारी हिमपात, चिसो हावा र हाड कँपाउने ठण्डी अझै केही समय रहने चेतावनी दिएको छ । 

मानिसहरूलाई अत्यन्तै सावधान रहनका लागि मौसम विभागले सल्लाह दिएको छ । अमेरिकाको लगभग ६० प्रतिशत जनसंख्यालाई यसले असर पारिरहेको छ । 

पूर्वी तटदेखि प्रशान्त महासागरको तटवर्ती क्षेत्रसम्मै यसको असर परिरहेको छ । 

उत्तरी भागमा त तापक्रम माइनस ५० डिग्रीसम्म पनि पुग्न सक्छ । 

अमेरिकामा इलियत नामक खतरनाक तुफान पनि आएकाले क्रिसमसको छेको पारेर घुम्ने मानिसहरूको योजना तुहिएको छ । 

सीएनएनको रिपोर्टअनुसार, यो विनाशकारी तुफानका कारण शुक्रवार मिडवेस्टमा भयंकर हिमपात हुन सक्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्