३० जेठ २०८३, शनिबार

काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना निर्माण शुरू

काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना निर्माण शुरू
प्रतिकात्मक तस्वीर

काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण शुरू गरेको छ । 
 
सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ । काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माणको ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी इन्जिनीयर सौरव ढकालले जानकारी दिए ।

एकीकृत गुरुयोजना निर्माणपछि काठमाडौं उपत्यकालाई स्वच्छ, सुन्दर, हराभरा शहर बनाउन सहयोग पुग्ने उनले बताए । गुरुयोजनाअनुसार काम गर्न काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकालाई सहज हुनेछ । यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि यहाँका स्थानीय तहको हुने प्राधिकरणले जनाएको छ । 
 
एकीकृत योजनाअनुरूप काम भए/नभएको अनुगमन र नियमन भने प्राधिकरणले नै गर्नेछ । एकीकृत योजना बनाउन ९ करोड बजेट विनियोजन गरिएको छ । १ महिनाअघिदेखि शुरू भएको एकीकृत गुरुयोजना निर्माण १५ महिना अर्थात् २०८० फागुनसम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्