१० साउन २०८३, आइतबार
सरकार गठनकाे गृहकार्य

प्रचण्ड र माधव नेपालसँग भेटेपछि कांग्रेस उपसभापति खड्काले भने : चाँडै समझदारी बन्छ

प्रचण्ड र माधव नेपालसँग भेटेपछि कांग्रेस उपसभापति खड्काले भने : चाँडै समझदारी बन्छ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । 

भेटवार्तापछि उनले गठबन्धनले सरकारको नेतृत्व गर्ने र दिउँसो ४ बजे बैठक बसेर सहमति बनाउने बताए । 

खड्काले लोकान्तरसँग भने, ‘गठबन्धनकै सरकार बनाउने विषयमा सबै एकमत छौं । सरकार बनाउने बारे निरन्तर छलफल गरिरहेका छौं ।’

तर, उनले माधव नेपाल र प्रचण्डलाई भेटेर भनेको विषय भने खुलाउन चाहेनन् । उनले भने, ‘सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा छलफल चलिरहेको छ । समझदारी बन्छ । यही गठबन्धन निरन्तर जान्छ । अरु दलहरुलाई पनि गठबन्धनमा जोड्छौं ।’

सरकारको नेतृत्वबारे छलफल गर्न दिउँसो ४ बजे गठबन्धनको बैठक बालुवाटारमा बस्न लागेको उनले बताए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनको लागि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नाम सिफारिस गर्न आइतबार साँझसम्मको समय दिएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्