२९ असार २०८३, सोमबार
सरकार गठनको रस्साकस्सी

निर्णायक वार्ताका लागि प्रचण्ड बालुवाटारमा

निर्णायक वार्ताका लागि प्रचण्ड बालुवाटारमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन् ।

भावी सरकारमा पहिलो कार्यकालको नेतृत्व कसले गर्न भन्ने विषयमा सहमति जुट्न नसकिरहेका बेला निर्णायक छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुवैले पहिलो कार्यकालमा सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

दुवैले दाबी नछाड्दा सत्ता गठबन्धन नै संकटमा परेको छ ।

संविधानको धारा ७६ (२) अन्तर्गत दाबी पेश गर्नका लागि राष्ट्रपतिले दिएको समयसीमा आज साँझ ५ बजेसम्म छ ।

५ बजेसम्म दाबी पेश नगरेमा वा दलहरूले समय थपका लागि लिखित आग्रह नगरेमा मुलुक संविधानको धारा ७६ (३) को चरणमा प्रवेश गर्नेछ ।

७६ (३) मा संसद्को ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ ।

 

salt training

कमेन्ट गर्नुहोस्