
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका छन् । ओलीलाई भेट्न लिङदेन आइतवार दिउँसो बालकोट पुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दाबी पेश गर्न दिएको समयसीमा सकिन लाग्दा राजनीतिक दलहरूबीच छलफल तथा भेटवार्ताले तीव्रता पाएको छ ।
सत्तारुढ गठबन्धनबीच सहमति नभएपछि अन्य राजनीतिक दलहरूबीच पनि छलफल शुरु भएको छ ।