
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सहितको सत्तारुढ गठबन्धन लगभग विघटनको स्थितिमा पुगेको छ ।
पहिलो कार्यकालको प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् ।
बैठकपछि माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनमा छलफल गर्नुको औचित्य सकिएको बताए ।
'कांग्रेस प्रधानमन्त्री र राष्ट्रपतिमा टसमस भएन । अब गठबन्धनमा छलफल गर्नुको अर्थ छैन,' मल्लले भने ।
गठबन्धन टुट्ने स्थिति आएपछि माओवादी नेताहरूले एमालेसँग संवाद अगाडि बढाएका छन् । आजै एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ताको तयारी भएको स्रोतले जनाएको छ ।