
प्रधानमन्त्रीमा दाबी पेश गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' शीतल निवास पुगेका छन् ।
एमालेसहितका ७ दलको समर्थनमा प्रधानमन्त्रीको दाबी पेश गर्न प्रचण्ड आफूलाई समर्थन गरेका दलका शीर्ष नेताहरूलाई पनि लिएर शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार एमाले, माओवादी, रास्वपा, राप्रपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका १५४ सांसदको समर्थनको पत्र प्रचण्डले राष्ट्रपतिलाई बुझाएका छन् ।
जसपा संसदीय दलको नेता चयन गर्ने प्रक्रियामै रहेकाले उसको पत्र पुग्न बाँकी छ । जसपा पनि जोड्दा १६६ सांसदको समर्थन जुट्छ ।