
राजनीतिको नयाँ घटनाक्रमले प्रदेशमा पनि समीकरण परिवर्तन गरिदिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीका लागि नेकपा एमालेसहित ७ दलले समर्थन गरेपछि प्रदेशमा पनि समीकरण फेरिएको हो ।
अब बन्ने सत्ता समीकरणमा आबद्ध हुने दलको प्रदेश १ मा सुविधाजनक बहुमत पुग्ने भएको छ । प्रदेश १ मा चौँथो मुख्यमन्त्रीको बन्ने भन्ने विषले पनि चर्चा पाउने भएको छ ।
प्रदेश १ मा सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद छन् । माओवादी केन्द्रसँग १३, राप्रपासँग ६ र जसपा सँग १ सांसद छन् । सरकार बनाउनका लागि जम्मा ४७ सांसद चाहिन्छ । आइतवारको समीकरणले सबै सांसदको संख्या जोड्दा ६० पुग्छ । प्रदेशसभामा कुल सांसदको सख्या ९३ हो । कांग्रेस २९ र एकीकृत समाजवादी जम्मा ४ गरी ३३ सांसद मात्रै प्रतिपक्षमा बस्ने देखिन्छ । यद्यपि, एकीकृत समाजवादीले भने सरकारमा जाने नजाने भन्ने निर्णय गरिसकेको छैन । प्रदेश १ को चौँथो मुख्यमन्त्रीमा आइतवारको समीकरणले मुख्यमन्त्रीमा दुई जनाको दाबी हुने देखिएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको दाबी रहने बुझिएको छ । मुख्यमन्त्रीमा नेकपा एमालेले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की र माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो दाबेदार हुन् । कार्की संसदीय दलको नेतामा चयन भएका छन् । माओवादी केन्द्रले भने सांसदहरूको शपथग्रहण पछि मात्रै संसदीय दलको नेता छान्ने जनाएको छ । संसदीय दलको नेतामा आङ्बोको दाबी छ ।