२३ जेठ २०८३, शनिबार

छाडा पशुचौपाया व्यवस्थापनका लागि कानुन निर्माण गर्ने प्रतिवद्धता

छाडा पशुचौपाया व्यवस्थापनका लागि कानुन निर्माण गर्ने प्रतिवद्धता

नवनिर्वाचित सांसदहरुले छाडा पशुचौपायाले स्थानीय कृषकलाई दुःख दिन थालेपछि व्यवस्थापनका लागि ऐन निर्माणको पहल थाल्ने प्रतिवद्धता जनाएका छन् । असहाय गाईबाछा संरक्षण अभियान संस्थाले आइतबार यहाँ आयोजना गरेको नवनिर्वाचित सांसदहरुको सम्मानमा आयोजित कार्यक्रममा उनीहरुले सो प्रतिवद्धता जनाएका हुन् ।

प्रतिनीधि सभाका चार जना सांसद र प्रदेश सभाका एक जना सांसदले सो प्रतिवद्धता जनाएका छन् । सो अवसरमा बझाङ्ग जिल्लाबाट निर्वाचित सांसद बद्री पाण्डे, काठमाडौंबाट निर्वाचित सन्तोष चालिसे, समानुपातिक सांसद शान्ति श्रेष्ठ र प्रतिमा गौतम तथा प्रदेश सभा सांसद बिमल ठकुरीले अबको संसद अधिबेशनमा सडकमा अलपत्र पारिएका गाईबाछाहरुको अधिकार र संरक्षणको पक्षमा कानून निर्माणार्थ सदनमा आवाज उठाउने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा आचार्य श्री महेन्द्रले नेपाली संस्कारमा गौरक्षाको महत्वका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा अभियानका संस्थापक उत्तम पुडासैनी, संस्थाका कोषाध्यक्ष भगवान पुडासैनीले अभियानका बारेमा जानकारी गराएका थिए ।   

असहाय गाईबाछा संरक्षण अभियानले सडकमा अलपत्र पारिएका गाईबाछाहरुको संरक्षण गर्दै खाना, छाना, उपचारको प्रबन्ध मिलाउँदै आएको छ । खुल्ला आकाशमुनि अलपत्र गाईबाछाले बस्न नपरोस् भन्ने उद्देश्यले सडकमा अलपत्र अवस्थामा रहेको गाईबाछाको उद्धार र उचित व्यवस्थापनका लागि सो संस्थाले पहले गर्दैआएको छ ।  आश्रयस्थलमा झण्डै २०० छाडा गाईबाछा रहेको सो संस्थाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्