२२ जेठ २०८३, शुक्रबार

इप्रका बुटवलका डीएसपी अवैध सुन र नगदसहित सीआईबीको नियन्त्रणमा

पुस ११, २०७९
इप्रका बुटवलका डीएसपी अवैध सुन र नगदसहित सीआईबीको नियन्त्रणमा

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका छन् ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतवार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा बताइएको छ ।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरी स्रोतको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले घटनाको बारेमा सीआईबीको टोलीसँग बुझ्न आग्रह गरे । मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो ।

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ । केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्