×

NMB BANK
NIC ASIA

आलेख

आविष्कारमुखी सरकार : के र कसरी ?

पुस १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आजभोलि सरकारहरू नागरिक सेवा कसरी छिटोछरितो र स्तरीय बनाउने भन्ने तनावमा छन् । यसका लागि सेवाग्राही र सरकारभित्रैबाट पनि व्यापक दबाब छ ।

Muktinath Bank

लोकतन्त्रको प्रियता, नागरिक चेतना र सूचना प्रविधिको निरन्तर विकासका कारण सरकार र उसका संरचना नवीन शासकीय आविस्कार गर्न बाध्य छन् । नयाँनयाँ शासकीय अवधारणाको विकासले पनि सिमान्त सुधार होइन, नवप्रवर्तन (आविस्कार) भन्न थालिएको छ । सर्वसाधारण सेवाग्राही, ग्राहक, उपभोक्ता, नागरिक हुँदै कतिपय सन्दर्भमा सहउत्पादक पनि बनेकाले राजनीतिज्ञहरू राज्य प्रणालीमा नवप्रवर्तन गर्ने सोच र प्रशासन यसका लागि प्रणाली निर्माण गर्नमा उद्यत छन् । उनीहरूको सफलताको कसी पनि नवप्रर्वतन र मूल्य सिर्जना हुन थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आविस्कारका ३ विशेषता हुने गर्छन्, पहिलो – प्रतिफल बढाउँछ, दोस्रो – लागत घटाइ सेवावस्तु बढी कार्यकुशल बनाउँछ र तेस्रो – सरकार र सेवाग्राही दुवैलाई थप मूल्य सिर्जना गर्दछ । अग्रगामी सरकार यसकारण जहिले पनि नवप्रवर्तनमा उद्यत रहन्छ । सार्वजनिक क्षेत्रमा आविस्कार भनेको व्यावसायिकताको विषय हो अनि कार्यसंस्कृति एवं सेवा प्रक्रियामा निरन्तर मूल्य अभिवृद्धि हो । यसले सेवाप्रदाताका भावनालाई मात्र कदर गर्दैन, अरुका विचारहरूको संयोजनले मौजुदाभन्दा उत्तम परिणाम उत्पादन गर्दछ ।


Advertisment
Nabil box
Kumari

नवप्रवर्तनलाई सिजर्नशीलता र व्यावसायिकताको संयुक्त परिणामका रूपमा लिने गरिन्छ । सिर्जनशीलताको अर्थ केही नौलो कार्यमार्फत मूल्य अभिवृद्धि गर्नु हो । यो कुनै प्राज्ञिकता काम उत्साह हो, संगठनलाई गतिशील बनाउने कार्य हो । अर्को अर्थमा मौजुदा स्थितिप्रति चुनौती र तनाव सिर्जना हो । 

Vianet communication
Laxmi Bank

इतिहास हेर्दा विकास र सभ्यतामा आविस्कार र पुनः आविस्कार नै भेटिन्छ । राम्रो गर्छु भन्ने उत्साह र ऊर्जा नै नवप्रवर्तनको कारक हो । साथै व्यावहारिक रूपमा अपनाउन सकिने कुरा मात्र आविस्कार हो । विद्वानहरू यसलाई १ प्रतिशत विचार र ९९ प्रतिशत कार्यान्वयनका लागि भन्न रुचाउँछन् । दक्षिण कोरियाले उसको आर्थिक विकासलाई १ प्रतिशत विचार, ९९ प्रतिशत कार्यान्वयन भन्ने गरेको छ । यस अर्थमा त्यहाँको सरकार नवप्रवर्तनमुखी छ भन्ने हो । आविस्कार सजिलो नभए पनि असम्भव होइन, सबैले गर्न सक्छन्, सबै ठाउँमा गर्न सकिन्छ । यो समूह कार्य पनि हो तर शुरूआत नेतृत्वबाट हुनुपर्दछ । वातावरण बनाउने र आविस्कारलाई प्रोत्साहन गर्ने काम नेताको हो, मूल्यलाई आदर्श मान्ने र नयाँ दृष्टिकोण दिने नेतृत्व नै आविस्कारको पृष्ठकारक हो । सबै ठूला आविस्कार एकैचोटी भएका होइनन्, ससाना सफलताले ठूलो सफलताको आधार बनाउँछ । आविस्कारवादी सरकारी सोच, प्रयास, संयम, विश्वास र प्रोत्साहनमा जोड दिन्छ । यो मूल्यसंस्कृति निर्माणको निरन्तर प्रक्रिया हो । असफलताबाट आत्तिएर पनि आविस्कार हुँदैन । थोमस अल्वा आडिसनले एक प्रसङ्गमा भनेका थिए, ‘म असफल भएर के भयो ? किन सफल भइनँ भन्ने हजार कुरा बुझ्न सफल भएँ ।’ 

सार्वजनिक क्षेत्रमा नवप्रवर्तनका केही स्वरूप हुने गर्दछन् । जस्तो कि (क) उत्पादन अन्वेषण जसले, नयाँ वस्तु र सेवाको उत्पादन, उत्पादित वस्तुको प्रयोग, स्वाद र रूप बदल्ने गर्दछ, (ख) प्रक्रिया नवप्रवर्तन, जसले सार्वजनिक सेवाको गुणस्तर वृद्धिका तथा प्रवाह विधिलाई सरल बनाउँछ, (ग) बजार नवप्रवर्तन, जसले उत्पादित वस्तु तथा सेवाको बजार वा ग्राहक विस्तार गर्दछ । (घ) सांगठनिक नवप्रवर्तन, जसले संगठन सञ्चालन, सांगठनिक व्यवहार, आन्तरिक लोकतन्त्र, सहभागिताको संस्कृति परिवर्तनमार्फत् संगठनलाई कार्यमूलक बनाउने गर्दछ र (ङ) अवधारणात्मक नवप्रवर्तन, जसले शासकीय संरचना र नीति निर्माणको ढाँचा परिवर्तन गरी नागरिक सहभागिता बढाउने, भर्चुअल संगठन र कार्यसञ्जालीकरणको काम गर्दछ ।

सरकारको नवप्रवर्तन अन्य क्षेत्रको जस्तो नभई उसले सर्वसाधारणलाई दिनुपर्ने सेवा र नीति उत्पादन, त्यसका लागि सांगठनिक सुधार र स्रोतसामग्री उपयोगको पुनर्वोधसँग गासिएको हुन्छ । प्रशासनको धर्म हर समय नवप्रवर्तन र आविस्कारमा जुटिरहनु हो । प्रशासनभित्रको पेशागत विशिष्ठता र आर्जित स्वायत्तताले सुधार र नवप्रवर्तनलाई आन्तरिक प्रेरणा दिने गर्दछ । सर्वसाधारणसँगको नियमित सम्पर्कमार्फत उनीहरूको आकांक्षा र आवश्यकता राज्यप्रणालीमा पुग्ने भएकोले के–कसो गर्दा नागरिक आवश्यकता पूरा गर्न सकिन्छ भन्ने बोध पनि प्रशासनभित्र हुन्छ । यी कारणले आविस्कारवादी राज्य प्रशासनिक नवप्रवतनवादकै अर्को नाम हो । नवप्रर्वतनका पक्षहरू धेरै भए पनि मानव संशाधन विकास, व्यवस्थापन सुधार, सार्वजनिक सेवा प्रवाहमा नयाँनयाँ विधि अवलम्बन, सूचना प्रविधिको उपयोग, विकेन्द्रीकरण, सेवाको सहउत्पादन जस्ता कार्यले राज्य आविस्कारका पथमा केन्द्रित हुँदै आएको छ ।

नवप्रवर्तनका लागि मौजुदा सेवा प्रणालीको सुधार र नयाँ सेवा क्षेत्रको पहिचान गरी २ रणनीति लिनुपर्छ । यसका लागि बाह्य झड्काभन्दा आन्तरिक चाहना तथा तत्परताले साथ दिनुपर्छ, थोपरिएको होइन, स्वाभाविक र स्वस्फूत हुनुपर्छ । प्रतिक्रियापरक होइन, अग्रगामी हुनुपर्छ ।

राजनैतिक नेतृत्वका दृष्टिकोणयुक्त सोच आविष्कारमुखी राज्यको पहिलो आधार हो । ६० को दशकमा राष्ट्रपति जेएफ केनेडीले नासा प्रशासनका पदाधिकारीलाई निर्देशन दिँदै भनेका थिए, ‘अबको केही वर्षभित्र चन्द्रमामा अमेरिकी पाइला टेकिएको हुनुपर्छ, यसका लागि मैले के गर्नुपर्छ गर्छु तर मिसनमा पुग्ने तपाईं वैज्ञानिकहरूको काम हो ।’

त्यतिबेला साविक शोभियत संघ र अमेरिकाबीच अन्तरिक्ष प्रतिस्पर्धा चलेको थियो । चन्द्रमामा मानव पाइला कसले टेक्छ भन्ने कुरा २ महाशक्ति राष्ट्रको प्रतिष्ठा थियो । केनेडीको केही समयपछि हत्या भयो तर वैज्ञानिकहरूको अथक प्रयासबाट निर्धारित समयभन्दा निकैअघि अमेरिकी यान एपोलोले चन्द्र धरातल टेक्यो । सन् १९७० को दशकमा रेगन–थेचरले नेतृत्व गरेको नयाँ दक्षिणपन्थी आन्दोलनले सार्वजनिक प्रशासन र अर्थतन्त्रमा नवआविस्कारका लागि मार्गप्रशस्त गरेको थियो । निजीकरण, नेक्स्ट स्टेप एजेन्सी, नागरिक बडापत्र, कार्यसम्पादन करार, सहउत्पादन, चार्टर विद्यालय यही अभियानका परिणाम हुन् । सन् १९९० मा क्लीन्टन प्रशासनले उपराष्ट्रपति अलगोरलाई राष्ट्रिय उपलब्धि समीक्षा गरी सरकारको पुनर्बोधको सिफारिस गर्न जिम्मा दिएको थियो ।

राष्ट्रपति ओबामाले ह्वाइट हाउसका प्रविधि विज्ञ अनिस चोपरालाई (क) अनुसन्धान र विकास, (ख) मानव पुँजी निर्माण, (ग) विज्ञान, प्रविधि, इन्जिनीयरिङ र गणितको विकास र (घ) ब्रोडव्याण्ड पहुँच विस्तारका लागि सुझाव दिन अख्तियारी दिएका थिए । यी ४ क्षेत्रमा लगानी केन्द्रित गरेर अमेरिकालाई आविष्कारमुखी बनाउने सोच ओबामामा थियो । अमेरिकाले गणित तथा प्रविधि शिक्षालाई ज्ञान र आविस्कारको आधार मानी विशेष प्रोत्साहन गरेको छ र यसैका आधारमा राज्यहरूको नवप्रवर्तन सूचकांक निर्धारण गर्दै आएको छ । असम्भव मानिँदै आएका कुराहरू कसरी सम्भव गर्न सकिन्छ भन्ने विषयमा रे क्रुजवेल जसरी अध्ययन गरिरहेका छन्, त्यसलाई मानव सुखसमृद्धिका लागि उपयोग कसरी गर्न सकिन्छ भनेर इलोन मस्कजस्ता वैज्ञानिकहरू निरन्तर अन्वेषणमा छन् ।

अमेरिका, बेलायत, अस्ट्रेलिया, नर्वे, जापान, दक्षिण कोरिया लगायतका मुलुकहरूले आ–आफ्नै आवश्यकता, स्तर र सन्दर्भमा सरकारको नवप्रवर्तन गरिरहेका छन् । नवप्रर्वतन भित्र्याउने माध्यम भने प्रणाीभित्र सिर्जनशील तनाव नै प्रमुख रूपमा रहेको देखिन्छ । अमेरिकाले अवलम्बन गरेको डिभी भिसाले विविधता व्यवस्थापनमार्फत कार्यसंस्कृति परिवर्तन गरेको छ तर जापान लगायत कतिपय मुलुक एकल संस्कृतिमार्फत नै प्रगति गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघ सदस्य मुलुकहरूलाई आविस्कारवादी बनाउने उत्प्रेरकको रूपमा रहेको छ । राष्ट्रसंघीय प्रणालीले विभिन्न मञ्च तथा माध्यमलाई उपयोग गरी असल अभ्यासको विनिमय गरिरहेको छ भने व्यवस्थापन सुधारका लागि विभिन्न संयन्त्रमार्फत सहयोग पनि गरिरहेको छ । जस्तो कि नेपालले गरीबी र वातावरणका सन्दर्भमा गरेको उत्कृष्ठ कामलाई कदर गर्दै सन् २०१३ मा पहिलोपटक अन्तराष्ट्रिय नेतृत्व सम्मान प्रदान गरी यसलाई असल अभ्यासका रूपमा विश्वभरि फैलायो । 

नवप्रवर्तनको एकमात्र उद्देश्य जीवन प्रणाली सुधार ल्याउनु हो । अर्को अर्थमा सुशासन हो तर यसका क्षेत्रगत आयामहरू भिन्न हुने गर्दछन् । विश्व बौद्धिक सम्पत्ति अधिकार संगठनका महानिर्देशक फ्रान्सिस गुरी नवप्रवर्तन नै आर्थिक विकासको इन्जिन हो, जसले ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण गरी दीर्घकालीन आर्थिक विकास सम्भव गराउँछ भन्दैछन् । अन्तर्राष्ट्रिय मुद्रा कोषकी महानिर्देशक क्रिष्टिना लेगार्ड र राष्ट्रसंघीय जलवायु परिवर्तन निकाय प्रमुख क्रिस्टिने फिगुरेसले ‘असल वातावरण नै सबल अर्थतन्त्र हो’ भनेर आर्थिक विकासको ढाँचालाई हरित अर्थतन्त्रतर्फ मोड्न सुझाएका छन् । कोफी अन्नानले व्यवस्थापन सुधारलाई विकासको नवआविस्कारका रूपमा लिएका थिए । राष्ट्रपति वील क्लीन्टले आफूलाई चाकरी गर्नेभन्दा नाई भन्न सक्ने प्रशासक चाहिएको उल्लेख गरेका थिए । उनका अनुसार हुन्न भनेर प्रक्रियाको विरोध गर्नसक्ने प्रशासक नै आविस्कारको जननी हो ।

राजनीतिक कार्यकारीले आविस्कारको इच्छा र आह्वान गरे पनि यो निरन्तरको प्रक्रियामा प्रशासनको हैसियत अहम् रहन्छ । प्रशासकहरू नै नवप्रवर्तनका संवाहक र सर्जक हुन् । यसैका लागि उनीहरूमाथि लगानी र प्रोत्साहन पनि गरिएको हुन्छ । नवप्रवर्तन गर्नु उनीहरूको व्यावसायिक कर्म र नैतिक धर्म हो तर यस सन्दर्भमा सहयोगी वातावरण भने चाहिन्छ, जसका लागि दिशाबोध गर्ने र अभिभावकत्व लिने राजनैतिक नेतृत्व, नवप्रवर्तनमुखी संगठन संस्कृति, कर्मचारीमा जीवनपर्यन्त सिक्ने बानी, विविधता प्रवद्र्धन, नवप्रर्वतनको कार्यान्वयन एवं विचार विनिमय र नेटवर्किङ चाहिन्छ ।

सार्वजनिक क्षेत्रमा नवप्रवर्तनलाई धेरै प्राविधिक र जटिल रूपमा बुझ्नु आवश्यक छैन । सर्वसाधारणका आवश्यकता पूरा गर्न नवीन सोच, क्षमता, संस्कति र कार्यमूलकता वृद्धि गरेर नै नवप्रर्वतन पाउन सकिन्छ । यसर्थ नवप्रवर्तनका लागि मौजुदा सेवा प्रणालीको सुधार र नयाँ सेवा क्षेत्रको पहिचान गरी २ रणनीति लिनुपर्छ । यसका लागि बाह्य झड्काभन्दा आन्तरिक चाहना तथा तत्परताले साथ दिनुपर्छ, थोपरिएको होइन, स्वाभाविक र स्वस्फूत हुनुपर्छ । प्रतिक्रियापरक होइन, अग्रगामी हुनुपर्छ । साथै पटकेभन्दा निरन्तर र सीमान्तभन्दा रूपान्तरणवादी हुनुपर्छ तर अल्पविकसित मुलुकहरूमा पूर्व तयारी र कार्यप्राथमिकीकरण विना नै कायम गर्ने प्रवृत्तिका कारण नवप्रर्तनको कार्य अल्मलिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x