
स्वतन्त्र सांसद प्रभु साहले आफ्नै नेतृत्वमा आमजनता पार्टी घोषणा गरेका छन् ।
राजधानीको एक होटलमा बिहीवार विशेष कार्यक्रम गरी साहले नयाँ पार्टी घोषणा गरेका हुन् ।
सो अवसरमा ५१ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको छ ।
माओवादी पृष्ठभूमिका साह नेकपा विभाजनका क्रममा एमालेमै बसेका थिए ।
चुनावअघि एमालेको टिकट होल्ड गरी स्वतन्त्र उम्मेदवारी दिएका साह रौतहट– ३ बाट निर्वाचित भएका हुन् ।
उनलाई सत्ता गठबन्धनले समर्थन गरेको थियो ।