
नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन् ।
कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित चौधरी संसदीय दलको नेतामा चयन भएका हुन् ।
संसदीय दलको नेताका लागि उनीसहित चारजनाको दाबी थियो । तर पार्टीको निर्णयअनुसार उनलाई चयन गरिएको हो ।