२६ असार २०८३, शुक्रबार

माओवादी बागमती प्रदेशको संसदीय दलको नेता शालिकराम, सरल सहयात्री असन्तुष्ट

माओवादी बागमती प्रदेशको संसदीय दलको नेता शालिकराम, सरल सहयात्री असन्तुष्ट

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् । शनिवार बसेको संसदीय दलको बैठकले जमरकट्टेललाई सर्वसम्मतिले प्रदेशसभा संसदीय दलको नेता चयन गरेको हो । 

यद्यपि, माओवादी केन्द्रका प्रदेश अध्यक्ष तथा प्रदेश सांसद सरल सहयात्री पौडेल भने उक्त निर्णयप्रति असन्तुष्ट रहेको स्रोतले बतायो । उनी आफैँ पनि संसदीय दलको नेताको दाबेदार थिए । 

शालिकराम यसअघि पनि बागमती प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दलको नेता थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्