२४ जेठ २०८३, आइतबार

जसपा बैठक : मन्त्रीहरूको टुंगो राजनीतिक समितिले लगाउने

जसपा बैठक : मन्त्रीहरूको टुंगो राजनीतिक समितिले लगाउने

जनता समाजवादी पार्टी, नेपालले सरकारमा जाने मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी राजनीतिक समितिलाई दिएको छ । शनिवार बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी राजनीतिक समितिलाई दिएको हो । 

यही पुस १८ र १९ गते सो पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ । सोही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउने पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए । बैठकले निर्वाचनको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको ३ सदस्यीय समिति समेत बनाएको छ । तर, त्यसलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम शुरु हुने पनि प्रवक्ता सुमनले बताए । 

‘सात दलीय संयन्त्रमा हामी सहभागी छौँ । हाम्रै समर्थनले प्रधानमन्त्री चयन भइसक्नु भएको छ । यो सरकारलाई हाम्रो समर्थन छ । सरकारको न्यूनतम साझा कार्यक्रमको बारेमा पनि, त्यो सरकारमा सामेल हुने साथीहरूको बारेमा पनि त्यसको लागि अहिले समय छ । सरकारको विस्तार २९ गते पछि नै हुने जस्तो हामीलाई सुन्नमा आएको छ । तसर्थ, पर्सीबाट शुरु हुने राजनीतिक समितिको बैठकमा यो बारेमा थप निर्णय गर्ला’, प्रवक्ता सुमनले भने, ‘निर्वाचनको समीक्षा प्रतिवेदन प्रत्येक जिल्लाबाट आइसकेको छ । अब त्यो रिर्पोटहरू अध्ययन गरेर त्यसलाई अझै छलफल गरेर निर्णय गर्नकै लागि केन्द्रमा पनि एउटा समिति निर्माण भएको छ । शिवलाल थापाजी त्यसको संयोजक हुनुहुन्छ । बाल किशोर जी र रणध्वज कन्दवा रहनु भएको समितिलाई राजनीतिक समितिले अनुमोदन गर्नेछ । उनीहरूले अध्ययन गरेर तयार पारेको प्रतिवेदनको आधारमा कारबाही हुन्छ ।’

बैठकमा निर्वाचनको समीक्षा, सरकारमा सहभागी हुने मन्त्रीहरूबारे र अन्य पार्टीहरूसँग एकीकरण वा सहकार्य गरेर जाने विषयमा पनि राजनीतिक समितिको बैठकमा छलफल गर्ने एजेण्डा तय गरिएको पनि जसपाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्