उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात कार्यालय एकान्तकुनाको आकस्मिक अनुगमन गरेका छन् ।
मंगलवार बिहान कार्यालय खुल्नेबित्तिकै एकान्तकुना पुगेका मन्त्री श्रेष्ठले त्यहाँ भइरहेको सेवा प्रवाह, सेवाग्राहीको गुनासो आदि विषयमा जानकारी समेत लिएका छन् ।
लाइसेन्स तथा सवारीसम्बन्धी अन्य कामका लागि पुग्ने सेवाग्राहीहरूले निकै झञ्झट व्यहोर्नुपरिरहेको गुनासोका बीच मन्त्री श्रेष्ठ अनुमगनमा पुगेका हुन् ।