३१ जेठ २०८३, आइतबार

वृद्धाश्रममा बस्दै आएका अशक्तलाई न्यानो कपडा वितरण

वृद्धाश्रममा बस्दै आएका अशक्तलाई न्यानो कपडा वितरण
प्रतिकात्मक तस्वीर

नेपालगञ्जस्थित वृद्धाश्रममा बस्दै आएका असहाय, अशक्त तथा ज्येष्ठ नागरिकलाई कर्मचारी मिलन केन्द्र बाँकेले चिसोबाट जोगाएको छ ।

नेपालगञ्जस्थित नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र मानव सेवा आश्रममा रहेका असहाय व्यक्ति चिसोका कारण प्रभावित भएपछि केन्द्रले न्यानो कपडा कम्बल वितरण गरेको मिलन केन्द्रका अध्यक्ष खडानन्द तिवारीले जानकारी दिए ।

उनका अनुसार केन्द्रले खाद्यान्न र नगद सहयोग समेत गरेको छ । 

नीलसागरमा रहने सहयोगापेक्षीहरुको आश्रमका लागि निर्माण भइरहेको भवनका लागि ३० हजार १११ र खाद्यान्न तथा न्यानो कपडा हस्तान्तरण गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बेसहाराको दुःख र पीडामा होस्टेमा हैंसे तथा हातेमालो गर्ने अभिप्रायले संकलन गरेको रकम र खाद्यान्न मिलन केन्द्रले सहयोग गरेको बताए । 

केन्द्रले यसअघि पनि नेपालगञ्जमै सञ्चालित आश्रमलाई ५० हजार रुपैयाँ बराबरको न्यानो कपडा कम्बल सहयोग गरेको केन्द्रका उपाध्यक्ष गोविन्दप्रसाद पाण्डेले जानकारी दिए । चिसोका कारण आश्रममा रहेका असहाय व्यक्ति प्रभावित भएपछि केन्द्रले आश्रम सञ्चालकसँग समन्वय गरी कम्बल वितरण गरेको हो ।

घर, परिवार र आफन्त नभएका तथा सडकपेटीबाट उठाएर ल्याएका व्यक्तिलाई सहयोग गर्नु मानवीय सेवा भएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्