
देशको राष्ट्रपति गैरदलीय स्वतन्त्र व्यक्ति हुनुपर्ने भन्दै राकेशकुमार शर्माले प्रस्तावक र समर्थक सांसद खोज्न थालेका छन् ।
उनी संविधान सभाको कालखण्डमा सांसदहरूको श्राद्ध गरेर चर्चामा आएका थिए ।
सामाजिक सञ्जाल ट्विटरमा आफू राष्ट्रपतिको उम्मेदवार भएको भन्दै उनले प्रस्तावक र समर्थक बसिदिन संघीय सांसदहरूलाई आग्रह गरेका छन् । उनले आफूलाई राष्ट्रपतिको उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन् ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन गर्न आन्तरिक परामर्श गरिरहेको छ । आयोगले केही दिनमै निर्वाचनको मिति तोक्नेछ ।