२२ असार २०८३, सोमबार

बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा आउने

बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा आउने
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप आउने भएको छ ।

‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो ।  

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले १ महिनापछि आगामी माघ १९ गते सो परिमाणको खोप आउने भएको जानकारी दिए । 

पुस १४ गते सरकारले बुस्टर डोज खोपका लागि औपचारिक रूपमा ‘गाभी’लाई पत्र लेखेको थियो । कोरोना भाइरसको संक्रमण बढिरहेको बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो । उनका अनुसार अमेरिकाबाट गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने छ । 

सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बुस्टर डोज नलगाएका सबैलाई खोप लगाउन आग्रह गरेको छ । सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन लागेको हो । छिमेकी मुलुक भारत र चीनमा बीएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ । 

मन्त्रालयले संक्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्न समेत आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्