
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अजुृननरसिंह केसीले स्वार्थ अनुकुल तल्लो तहबाट हुने निर्णयलाई मन्त्रिपरिषदमा लैजानु गलत भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटमा स्टाटस लेख्दै नेता केसीले सो कुरा बताएका हुन् ।
उनले नीतिगत निर्णयको आवरणमा उन्मुक्ति पाउने काम नै भैष्टाचारको मूल कारक भएको भनेका छन् । उनले लेखका छन्, “राष्ट्रिय मार्गदर्शक नीति, संविधान वा विद्यमान कानुनको कार्यान्वयन गर्न मन्त्रिपरिषदबाट निर्मित नीति मात्र नीतिगत निर्णय हुन् ।”