३१ असार २०८३, बुधबार

धोती र कुर्ता लगाएर खेलियो क्रिकेट, संस्कृतमा गरियो कमेन्ट्री (भिडियो)

पुस २१, २०७९
धोती र कुर्ता लगाएर खेलियो क्रिकेट, संस्कृतमा गरियो कमेन्ट्री (भिडियो)

भारतको मध्य प्रदेशको राजधानी भोपालमा धोती कुर्ता लगाएर वटुकहरूले क्रिकेट खेलेका छन् । 

उक्त खेलको कमेन्ट्री संस्कृत भाषामा गरिएको छ । 

अंकुर मैदानमा भारतीय जनता पार्टी खेल प्रकोष्ठले आयोजना गरेको महर्षि कप क्रिकेटका क्रममा रमाइलो दृश्य देखिएको हो । 

बुधवारबाट शुरू भएको प्रतियोगिता शुक्रवारसम्म चल्नेछ । 

प्रदेशभरिका १२ वटा टीमले प्रतियोगितामा भाग लिएका छन् । कर्मकाण्डी ब्राह्मण समाजका अभिषेक दुबे र अंकुर पाण्डेले आयोजनको नेतृत्व गरेका छन् । 

वैदिक ब्राह्मणहरूलाई खेलकुदमा सहभागी गराउन र संस्कृत भाषाको प्रचारप्रसार तथा संवर्धन गर्न यो प्रतियोगिता आयोजना गरिएको भाजपा खेल प्रकोष्ठका प्रदेश संयोजक श्रवण मिश्राले बताए । क्रिकेट मात्र नभई अन्य खेलमार्फत पनि संस्कृत भाषालाई खेलमैदानहरूमा गुञ्जाइने उनको भनाइ छ । 

प्रतियोगितामा टेनिस बल उपयोग गरिएको छ । यसमा १० ओभरको एक म्याच हुनेछ । 

फाइनल जित्ने टोलीलाई ३१ हजार भारु पुरस्कार दिइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्