
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धमा एकपक्षीय युद्धविरामको घोषणा गरेका छन् । रुसी विदेश मन्त्रालयका अनुसार शुक्रबारदेखि शनिबार मध्यरातसम्म युक्रेनसँगको लडाइँमा युद्धविराम हुनेछ ।
यद्यपि युक्रेनले भने रुसी युद्ध विरामलाई खारेज गरिदिएको छ । उसले ‘फसाउनका लागि जाल’ रचिएको प्रतिक्रिया दिएको छ । समाचार एजेन्सी एएफपीका अनुसार ‘अर्थोडक्स क्रिसमस’ को पूर्व सन्ध्यामा रुसी राष्ट्रपतिले युद्धविरामको घोषणा गरेका हुन् ।
रुसका ईसाई धर्मगुरु किरिलको अपिलका आधारमा राष्ट्रपति पुटिनले अर्थोडक्स क्रिसमस पर्वका अवसरमा अस्थायी युद्धविराम घोषणा गरेको समाचारमा जनाएको छ ।
अर्थोडक्स क्रिसमस रुससहित ग्रीस, इथियोपिया, इजिप्ट लगायत पूर्वी युरोपका देशमा मनाउने गरिन्छ।