२१ जेठ २०८३, बिहीबार

विश्वासको मतबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

विश्वासको मतबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

विश्वासको मत सहितका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेसको बैठक बस्न लागेको हो । 

पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने भएपछि त्यसबारे निर्णय लिने सहितका विषयको छलफलका लागि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

कांग्रेसले सरकार गठनको तयारी गरिरहँदा पुरानो ५ दलीय गठबन्धन भत्केर नयाँ गठबन्धन बनेको थियो । सोही गठबन्धनबाट १६६ सांसदको समर्थनसहित पुस १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

त्यसपछि मुखैमा आएको सत्ता कांग्रेसले गुमाउनुपरेको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना भइरहेको छ । उनले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद कांग्रेसले लिने हठ लिएका कारण प्रचण्डले एमालेसँग मिलेर सरकार गठन गरेको आरोप खेपिरहेका छन् । 

कांग्रेसले विश्वासको मत प्रचण्डलाई दिने सम्भावना कम रहेको बताइन्छ तर पनि आफूबाट बिच्किएर माओवादी एमालेसँग मिल्न पुगे पनि देउवाले प्रचण्डको आलोचना गरेका छैनन् । बरु सभामुख कांग्रेसले पाउने अवस्था आए प्रचण्डलाई विश्वासको मत दिने कि भन्नेबारे पनि देउवाले पार्टीमा छलफल गरेको एक नेताले दाबी गरेका छन् ।

भागबण्डामा माओवादीले प्रधानमन्त्री लिँदा राष्ट्रपति र सभामुख एमालेको भागमा परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्