२९ जेठ २०८३, शुक्रबार
राजनीति

नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँजो थियो, त्यो कोर्स परिवर्तन गर्‍यौँ- केपी ओली

नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँजो थियो, त्यो कोर्स परिवर्तन गर्‍यौँ- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई बनाउन नदिने चाँजोपाँजोलाई आफूहरूले उल्टाइदिएको बताएका छन् । नेपालको आन्तरिक मामिलामा होडल्नको लागि शक्ति केन्द्रहरू पर्खाल नाघेर आएको उनले टिप्पणी गरे । 

नवनिर्वाचित एमाले सांसदहरूलाई शनिवार संसद् भवनको ल्होत्से हलमा सम्बोधन गर्दै ओलीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न छिमेकीहरूलाई आग्रह गरेका हुन् । ‘नेपालीले नेपालमा सरकार बनाउन नपाउने चलाउन नपाउने यस्तो पनि हुन्छ ? त्यस कोर्सलाई परिवर्तन गर्‍यौँ । यो नेपालीले बनाएको सरकार हो, अहिलेको परिवर्तनमा यो महत्वपूर्ण कुरा हो’, ओलीले भने । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको सरकारविरुद्ध देखिने गरी वैदेशिक हस्तक्षेप चलिरहेको ओलीले टिप्पणी गरे । ‘नेपालीलाई बनाउन नदिने चाँजोपाँजो थियो, यो ज्यादै ठूलो महत्वपूर्ण उपलब्धी हो । यो बाह्य हस्तक्षेपका विरुद्ध हाम्रो एकता । हामी सार्वभौमसत्ता सम्पन्न राष्ट्र हौँ भन्ने कुराको अनुभूति सानो होइन’, ओलीले भने । 

नेपाली आफैँले सरकार बनाउन सकेकोमा नेपाली जनता खुसी रहेको बताए । ‘अहिले पनि हाम्रा मित्रहरू ढोकाबाट नभई कम्पाउण्ड माथिबाट पसेर यसरी सरकार बनाउन लागिनेको भनेका छन् ? यो मैले किन भन्नुपर्‍यो भने हामी छिमेकीबाट त्यस्ता गतिविधि भइहेको छ’, ओलीले भने, ‘आन्तरिक मामिलामा होडल्ने काम नगर्नुस्, पत्रपत्रिका हेरिसक्नु छैन । कूटनीतिक गतिविधि हेरिसक्नु छैन । यसप्रकारका गतिविधि बन्द गरौँ । हामी छिमेकीविरुद्ध कुनै गतिविधि गर्न दिँदैनौँ ।’

salt training

कमेन्ट गर्नुहोस्