२९ असार २०८३, सोमबार
प्रदेश सरकार गठन

एमालेका हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

पुस २४, २०७९
एमालेका हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

नेकपा माओवादीसहितका दलको समर्थनमा नेकपा एमालेका हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् । 

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ अनुसार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा आइतवार नै कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

प्रदेश १ मा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख लिने गरी सहमति जुटेको छ ।

मुख्यमन्त्रीको शपथ भने भोलि मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्