१९ असार २०८३, शुक्रबार

वडाध्यक्ष पुर्पक्षका लागि जेल चलन

वडाध्यक्ष पुर्पक्षका लागि जेल चलन

सरकारी कागज कीर्ते तथा नागरिकता किर्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ थुनामा परेका छन्  ।

सरकारी लिखतसम्बन्धी कसुर र कीत्र्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए । 

उनीमाथि मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौँदेखि सामाजिक सुरक्षाभत्ता अपचलन गरेको आरोप छ । मुद्दा विचाराधीन रहेकै अवस्थामा मियाँ दोस्रोपटक गत स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । 

आव २०७४/०७५ देखि २०७७/०७८ सम्म ७८ जनाको नाममा कीत्र्ते कागजात पेस गरी सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको आरोपमा वडाध्यक्ष मियाँसहित २१ जनामाथि सप्तरी जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । यो प्रकरणमा रु ८३ लाखभन्दा बढी सामाजिक सुरक्षा भत्ता रकम हिनामिना भएको जनाइएको छ । यो घटनामा वडाध्यक्ष मियाँसहित २१ जनालाई प्रतिवादी बनाएर २०७७ असोज २२ गते मुद्दा दर्ता भएको छ ।

मियाँसमेत २१ जनाले एकआपसमा मिलेमतो गरी एक अर्कालाई फाइदा पु¥याउने उद्देश्यले सो काम गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । 

सामाजिक सुरक्षा भत्ता निकासा गरी सरकारी रु ८३ लाख ४१ हजार एक सय आठ हिनामिना गरी सरकारी कागज कीत्र्ते तथा नागरिकता कीत्र्ते गरेको आरोपमा फरार सूचीमा रहेका मियाँ गत बिहीबार पक्राउ परेका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्