३१ असार २०८३, बुधबार
प्रधानमन्त्रीको परीक्षा

विश्वासको मत पाउने कुरामा ढुक्क छु : प्रचण्ड

विश्वासको मत पाउने कुरामा ढुक्क छु : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् ।

मंगलवार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ । 

सोमवार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले विश्वासको मत पाउने कुरामा आफू विश्वस्त रहेको बताएका हुन् । ‘प्रतिनिधि सभाको पहिलो बैठकमा नयाँ शुरूआत गर्ने प्रतिबद्धता सबैले व्यक्त गर्नुभएको छ,’ प्रचण्डले भने, ‘विश्वासको मत पाउने कुरामा विश्वस्त मात्र होइन, सिंगो हाउसको समर्थन पाउने अपेक्षा लिएको छु ।’

प्रतिनिधि सभाका १६९ सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्