०७ साउन २०८३, बिहीबार

नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढी अपहरित

पुस २५, २०७९
नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढी अपहरित

नाइजेरियाको दक्षिणी भागमा रहेको एक रेल स्टेसनमा बन्दुकधारी एक समूहले आक्रमण गरी करिब ३० जनालाई अपहरण गरेको छ । 

उक्त समूहले रेल स्टेसनमा गरेको आक्रमणमा प्रतिरोध गर्ने दर्जनौ अन्य व्यक्ति घाइते भएको प्रहरी र प्रशासनका अधिकारीहरूले सोमबार बताएका छन् ।

प्रायःजसो नाइजेरियाली उत्तर–पश्चिमी र केन्द्रीय राज्यहरूमा फिरौतीको लागि अपहरण एक प्रमुख समस्या हो । यहाँ बन्दुकधारीहरूले ठूलो समूहमा मानिसहरूलाई बारम्बार आक्रमण र अपहरण गर्ने गरेका छन् । 

लागोसबाट ३६० किलोमिटर पूर्वमा रहेको एडो राज्यको रेल स्टेसनमा बनिबार राति आक्रमण भएको हो ।

दक्षिणी डेल्टा राज्यको वारीमा रेलको पर्खाइमा रहेका यात्रुलाई अपहरण गर्नुअघि बन्दुकधारीले गोली चलाएको प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको विज्ञप्तिमा उल्लेख छ ।

इदो राज्यका सूचना आयुक्त क्रिस नेहिखारेले ३२ जनाको अपहरण भएको बताएका छन् । 

प्रहरी र स्थानीय स्वयमंसेवकले बाँकी अपहरित व्यक्तिको खोजी गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्