२२ जेठ २०८३, शुक्रबार

आज पहाडी क्षेत्रमा सामान्य बदली

आज पहाडी क्षेत्रमा सामान्य बदली
प्रतिकात्मक तस्वीर

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण शनिवार देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखा गौचरणका अनुसार कर्णाली, गण्डकी र १ नम्बर प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली भएको हो । 

महाशाखाका अनुसार शनिवार तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको भएपनि यी क्षेत्रमा दिउँसो घाम लागेसँगै हुस्सु र कुहिरो हट्ने भएको छ । पहाडी क्षेत्रमा मौसम आंशिक बदली तथा तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको र बाँकी अरु ठाउँको मौसम शनिवार सफा रहने र तत्कालका लागि वर्षा र हिमपातको सम्भावना नदेखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्