२३ जेठ २०८३, शनिबार

लेवनानमा तैनाथ नेपाली सैनिकहरूको अदलीबदली

लेवनानमा तैनाथ नेपाली सैनिकहरूको अदलीबदली

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि खटिएका नेपाली सेनाको अदलीबदली  भएको छ।

यही पुस ३० गते युनाइटेड नेशन इन्टेरिम फोर्स इन लेबनानमा तैनाथ श्री गोरखबक्स गण (शान्ति सेना) ६३ औं डफ्फालाई बदली गर्न पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फाको पहिलो टोलीका २१३ जना शान्ति सैनिकहरु प्रमुख सेनानी अनिल कुमार बुढाथोकीको नेतृत्वमा त्यसतर्फ लागेका छन्।

नेपाल  वायुसेवा निगमको विमानमार्फत काठमाडौंबाट उनीहरू त्यसतर्फ लागेका हुन्।

उक्त टोलीलाई सैनिक सचिव सहायक रथी गौरव कुमार केसीले हिजो (२९ गते) आयोजित एक समारोहमा बिदाइ गरेका थिए।

उक्त मिशनमा तैनाथ गोरखबक्स गण (शान्ति सेना) ६३ औं डफ्फाको पहिलो टोलीका २१४ जना शान्ति सैनिकहरू सेनानी इन्द्रभक्त महर्जनको नेतृत्वमा आज नै उक्त वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्किँदै छ।

salt training

कमेन्ट गर्नुहोस्