३० जेठ २०८३, शनिबार

जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा आर्मीका सुविन र कास्कीकी दिलशालाई उपाधि [भिडियोसहित]

जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा आर्मीका सुविन र कास्कीकी दिलशालाई उपाधि [भिडियोसहित]

नेपालका लागि खेल सामग्री उत्पादक संस्था योनेक्सको आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजको सहयोग र अपी स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा आयोजित जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा आर्मीका सुविन श्रेष्ठ र कास्कीकी दिलशा रानाले उपाधि हात पारेका छन् । ​

शनिवार भएको फाइनलमा श्रेष्ठ र रानाले उपाधि हात पार्दै च्याम्पियन बन्न सफल भएका हुन् । 

यु–१५ छात्रतर्फ सुविनले धादिङका अश्विन मगरलाई २१–१५, २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन ।

यस्तै छात्रातर्फ दिलशाले आर्मीकी रिहाना शेरचनलाई २१–१०, २१–१९ ले पराजित गर्दै उपाधि उचालेकी हुन् । छात्रतर्फ सूर्यदर्शनका अमन डङ्गोल र आर्मीका सुदेश राजकोटी संयुक्त तेस्रो भए ।

छात्रातर्फ नेक्सस इन्टरनेशनल स्कुलकी स्वर्लिन श्रेष्ठ र इमाडोल ब्याडमिन्टनकी टिशा रानी शाक्य संयुक्त तेस्रो भए । 

योनेक्सको नेपालमा आधिकारिक विक्रेता इनास इन्टरप्राइजेज र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि.को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको यु–१३ छात्र तर्फ कैलालीका शिशिर रानाले जित हात पारे । उनले तनहुँका सफल भुजेललाई २१–१४, २२–२० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् ।

एपेक्स लाईट स्कुलका सुहम कार्की र ग्यालेक्सी स्कुलका रिषभ राई संयुक्त तेस्रो भए ।

यस्तै छात्रातर्फ सेनाकी रिहान शेरचनले सेनाकै सम्बृद्धि श्रेष्ठलाई २१–१३, २१–७ ले पराजित गर्दै उपाधि उचालेकी हुन् । तेस्रो स्थानमा नेक्सस इन्टरनेशनल स्कुलकी स्वर्लिन श्रेष्ठ र इमाडोल ब्याडमिन्टनकी टिशा रानी शाक्य रहे ।

बसुन्धारास्थित जेष्ठ ब्याडमिन्टन एकेडेमीमा भएको खेलको यु–११ छात्रतर्फ कैलालीका आदित्य चौधरी र छात्रातर्फ कास्कीकी निभा राईले उपाधि उचाले । आदित्यले दीपक ब्याडमिन्टन एकेडेमीका दियोन भण्डारीलाई २१–१३, २१–१९ ले पराजित गरे ।

निभाले उपाधि उचाल्ने क्रममा दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्रीलाई २१–१७, २१–१८ ले पराजित गरेकी हुन् । तेस्रो स्थानमा छात्रतर्फ इमाडोल ब्याडमिन्टनका प्रिन्स थापा मगर र प्रशान्त बुढाथोकी तथा छात्रातर्फ सेनाका समृद्धि श्रेष्ठ र अजरेङ्का शेरचन रहे ।

विजयी खेलाडीहरूले मेडल, ट्रफी प्रमाणपत्रका साथै यु– १५ तर्फ शीर्ष तीन स्थान प्राप्त खेलाडीले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे ।

क्वाटरफाईनलिष्टले २ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार ५ सय प्राप्त गरे । यस्तै यु– १३ तर्फ प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, क्वाटरफाईनलिष्टले २ हजार र प्रिक्वाटरफाईनलिष्टले १ हजार २ सय प्राप्त गरे ।

यु–११ तर्फ प्रथमले ४ हजार, द्वितीयले २ हजार, तृतीयले २ हजार, क्वाटरफाईनलिष्टले १ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार नगद प्राप्त गरे । यसका साथै इनासले विजयी खेलाडीहरुलाई योनेक्सका विभिन्न खेल सामाग्री प्रदान गरेको थियो ।

विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, बागमती खेलकुद परिषदका सदस्य सचिव सूर्य भण्डारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नविन विक्रम शाह, इनास इन्टरप्राइजेजका प्रोपाईटर राजु बास्तोला लगायतले पुरस्कार वितरण गरेका थिए ।

च्याम्पियनसिपमा करिब १३९ खेलाडीहरूको सहभागिता रहेको थियो ।  गत बिहीवारदेखि च्याम्पियनसिप प्रतियोगिता सुरु भएको थियो ।

भिडियो :

salt training

कमेन्ट गर्नुहोस्